जाजरकोट जीप दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

होमल्याण्ड खबर

२०७९ मंसिर २७ गते, मंगलवार १७:०० मा प्रकाशित

धानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।