९ मंसिर २०८१, आईतवार
विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरोक्कोबीचको दोस्रो सेमिफाइनल अल बायत स्टेडियममा हुनेछ। यो खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ।
दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।, गएराति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ। फ्रान्स साविक विजेता हो भने मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको देश हो। मोरोक्को नयाँ इतिहास बनाउँन चाहन्छ भने फ्रान्स दुई पटक लगातार विश्वकप फाइनल खेल्न चाहन्छ। अफ्रिकी देश मोरोक्को र फ्रान्सबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।