काभ्रेको दुर्घटनाप्रति भावुक हुँदै प्रचण्डले सरकारसँग गरे घाइतेहरुको निशुल्क उपचार गर्न माग

होमल्याण्ड खबर

२०७९ मंसिर २८ गते, बुधबार १२:०३ मा प्रकाशित

काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनाको खबरले आफू मर्माहित भएको बताएका छन्।

प्रचण्डले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका, दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु । उनले घटनाको कारण पत्ता लगाइ बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मंगलबार साँझ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।