४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । देउवा र पौडेलबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।
स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका थिए । जवाफमा देउवाले सबै विषयमा हेर्ने भन्दै केही दिन पर्खन आग्रह गरे ।


कांग्रेसमा संसदीय दलको नेता बन्न आकाङ्क्षीहरूको लर्को छ । नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन् । कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुन योग्य हुन्छन् ।