निजी जग्गामा राखेका सवारीसाधन उठाउदै काठमाडौं महानगरपालिका

होमल्याण्ड खबर

२०७९ पुष ३ गते, आईतवार १४:१८ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको सवारी चालकहरूले आरोप लगाएका छन्।

आइतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती उनीहरूले आरोप लगाएका हुन् । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि आज आइतबार अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा अहिले सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् ।

उनीहरुले महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताएका छन् । सवारी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाइन्छ भनेर एक हप्ता अघि नै भनेको बताउए ।

तर अहिले महानगरपालिकाले पुनः आएर सवारीसाधन उठाएको भन्दै उनले आपत्ति जनाए । उन अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै प्रश्न समेत गरेका छन्  । त्यस्तै अर्की एक सवारीसाधन चालकले महानगरपालिकाको ज्यादती आम सर्वसाधारणहरुले कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

सिंहदरबार पूर्वीगेटमा अहिले सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनाभन भएको छ । सर्वसाधारणहरुले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नु पर्ने अडान लिएका छन् ।