नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव नेपाल चयन

होमल्याण्ड खबर

२०७९ पुष ४ गते, सोमबार १५:२७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ। सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको बताए ।

महासचिव भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको पनि बताए ।