कांग्रेसमा मतदान सकियो, गणना गरिँदै

होमल्याण्ड खबर

२०७९ पुष ६ गते, बुधबार १०:३९ मा प्रकाशित

 नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

उनका अनुसार सबै मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ ।  “हामीले अब १०–१५ मिनेटमै गणना सुरु गर्नेछौँ,” उनले भने । कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।