१२ मंसिर २०८१, बुधबार
विश्व शान्ति दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०१६ को राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । यस पटकको नारा ‘शान्ति, सुरक्षा, सम्मान र स्वाभिमानकालागि संगसंगै’ रहेको छ ।
१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको आह्वान गरेको थियो । त्यो आह्वान सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् भनि विश्वभरबाट कामना गरिएको छ ।
यता, म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थी, दशकौँदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरिकहरुले शान्तिको हिसाब किताब मागिरहेका छन् ।
यही दिन विश्व अल्जाईमर दिवसको पनि परेको छ । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो । जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातमा संवेगात्मक तथा व्यहारिक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन् । पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।
यही कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।