४ चैत्र २०८२, बुधबार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा गठबन्धन टुटेको घोषणा गरेपछि बालकोटमा पुगेका हुन् ।
सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति जुट्न नसकेपछि नयाँ सत्तासमीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन् ।


छलफलमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा ओली,प्रचण्ड,नारायणकाजी श्रेष्ठ,शंकर पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन् ।