४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका एकजना नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन्।
दुई वर्ष लामो सत्ता गठबन्धन भत्काउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न पुगेपछि घिमिरेले देउवाको राजीनामा मागेका हुन्।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’