४ चैत्र २०८२, बुधबार
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदहरुको समर्थनमा आईतबार तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ ।