४ चैत्र २०८२, बुधबार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ५ देखि ७ जनाको मन्त्रिपरिषद् आज गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा उनले भने, “आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।”
उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे । सरकार बाहिर बसेर नै राप्रपाले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे ।


संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ ।