बिदाई हुदै गर्दा सञ्चारमन्त्रीले भनेः नेपाललाई आईटी हब बनाउनु पर्छ

होमल्याण्ड खबर

२०७९ पुष ११ गते, सोमबार १५:५६ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आईटी हब बनाउनुपर्ने बताएका छन्।

सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले नेपाल आईटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आईटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताए।

उनले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताए।

उनले नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाए। उनले आगामी ५ वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताए।