पुस १० गतेको घटनाले सिंगो देशलाई तरंगित बनाएको छ: जीवन परियार

होमल्याण्ड खबर

२०७९ पुष १३ गते, बुधबार १४:३९ मा प्रकाशित

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा काँग्रेसीहरुले लिन नमिल्ने बताएका छन्। बुधबार कांग्रेस संस्थनापन इतरपक्षहरूको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।

सहमहामन्त्री परियारले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए। राजनीतिक रूपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशतरंगित बनेको उनको भनाइ छ।

सहमहामन्त्री परिवारले भने, ‘आजको छलफलमा पुस १० गतेको घटना सामान्य घटना होइन। नेपाली कांग्रेसको विषयमा कुरा गरेका छौँ। हामीले धेरै ठूलो तात्विक असर गर्छ। राजनीतिक रूपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ। जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन। केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ। पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो। अहिले नै हामीले विशेष महाधिवेशन बोलाउने कुरा विविध विषयको बारेमा छलफल भएको छैन। केन्द्रिय कार्यसमितिका साथीहरुको भेलामा देशभरमा निराशा पैदा भएकोबारे गम्भीर छलफल गर्नेछौँ।’

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए।

नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेताहरूको उपस्थिति रहेको थियो।