आफ्ना उम्मेदवारमाथि अर्न्तघात गर्नेलाई कारबाही गर्न कांग्रेसले समय थप्यो

होमल्याण्ड खबर

२०७९ पुष १४ गते, बिहीबार १६:१४ मा प्रकाशित

गत मंसिर ४ सम्पन्न निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारमाथि अर्न्तघात गर्नेलाई कारबाही गर्न नेपाली कांग्रेसले समय थप गरेको छ ।

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई अर्न्तघात गर्नेहरूमाथि कारबाही सिफारिस गर्ने समय पुनः थप गरेको हो ।

कांग्रेस सचिव प्रेम केसीका अनुसार जिल्ला र प्रदेश अनुशासन समितिले कारबाही सिफारिस आगामी माघ १५ गतेसम्म केन्द्रमा पठाउन सक्ने भएका छन् ।

निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका आधिकारिक उम्मेदवारमाथि केही ठाउँमा पार्टीभित्रैका नेताहरूले अर्न्तघात गरेको आरोप लाग्दै आएको छ ।