४ चैत्र २०८२, बुधबार
राजसस्था र हिन्दु राज्यको माग सहितको एजेण्डा बोकेर लामो समय देखि सडक संर्घष गदैं आएका स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले आत्महत्या गरेका छन् ।
राजालाई भेटन नपाएपछि उनले आफुले जीवनमा ठूलै भूल गरेको भन्दै आत्महत्या गरेका हुन् । सिलवालले बिहिबार विष पिएर आत्महत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । ललितपुरको पाटनढोकामा श्रीमतिसहित बस्दैं आएका सिलवालले आत्महत्या गर्नुपूर्व ४ दिन अगाडी जीवनमा मैले ठूलो भूल गरे शीर्षकमा एउटा लामो स्टाटस लेखेका थिए ।


त्यो स्टाटसमा उनले करिव ४ वर्ष यता राजा ज्ञानेन्द्र शाहसँग भेट्न चाहेपनि राजाका सचिवहरुले भेटन नदिएको उल्लेख गरेका थिए ।
उनी ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विपिको समेत साथ लिएर करुवा चुनाव चिन्हमा चुनाव लडेका थिए । माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती समेतलाई चुनाव हराएर राष्टिय स्वतन्त्र पार्टीकी युवा नेतृ सोविता गौतमले चुनाव जितेको उक्त क्षेत्रमा सिलवाल पनि उम्मेदवार थिए ।
तर उनले जम्मा जम्मी ४८ मत मात्रै पाएका थिए ।
राजाको नजिक भएर बसेका राजाका सचिव सागर तिमल्सिना र डा फडिन्द्र पाठक नै नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन लागिपरेको र आफुलाई विगत ४ वर्षदेखि राजासँग भेट गराउने भन्दै झूटो आश्वासन मात्र दिएर अल्मलाउने काम मात्र गरिरहेको उनको आरोप थियो ।
‘सागरलाई भन्यो डाक्टर फडिन्द पाठकलाई देखाउछ १ यो कुमाई र जैसिले मलाई बिरालोले मुसा खेलाएझै खेलाए । जैसि र कुमाई यति खराब हुदा रहेछन् । मेरो जाहाज डुबाई दिए मेरो १४ बर्ष स्वतन्त्र नागरिक समाज स्थापना गरेर मुलुकलाई राजसंस्था र हिन्दुअधिराज्य मेरो पुर्खाको धर्म म सिपाहीको सन्तान भनेर मैले कमाएको पैसा १४ बर्षमा आन्दोलन धर्ना बिचार गोष्ठि,विरोध प्रदसंन र नेपाल सरकारलाई ज्ञापनपत्र दिएर जागरण कार्यक्रम गरेर संके । आज म पैसा सकिएर जोगी भए तर मलाई एक पटक राजा संग कुरा गर्ने बाताबरण मिलाई देउन भन्दा उले उ उले उ देखाए र मलाई बेकुफ बनाए,- आत्महत्या गर्नुपूर्वा सिलवालले सामाजिक सन्जलमा लेखेका थिए ।
उनले राजालाई पहिले भने भेटेका थिए । तर विगत ४ वर्ष यता भने उनले भेटन नै पाएका थिएनन । उनलाई नजिकबाट चिनेका पत्रकार राजन कार्की उनी फूर्तिलो र जोशिलो मान्छे रहेको, राजसस्थाको पक्षमा निरन्तर सडकमा संर्घष गरेको मान्छे रहेको भन्दै स्मरण गर्छन् ।
राजासँग भेटन पाएन भनेर अहिले उनले आत्महत्या गरेछन्,- पत्रकार कार्कीले भने ।
यस्तो थियो उनको स्टाटस :
जिबनमा मैले ठुलो भुल गरे । मैले राजनीति गर्नु राष्ट्र, राष्ट्रियता , प्रजातन्त्र , राजसंस्था र हिन्दुअधिराज्य भनेर देश र जनता भनेर हिड्दा मेरो सबै थोक सकिएछ । मेरो पिता पुर्खाको नासो भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छाड्यौं ।
१४ बर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मुल्यांकन गरेनन् । भिमसेन थापाले पनि त्यसै आत्महत्या गरेको होन रहेछ । मल्ल कालमा भिम मल्लको श्रीमतीले त्यसै सराप दिएको होइन रहेछ । नेपालमा देश र जनता भन्नेहरुको हालत यस्तै हुदा रहेछन । हामी जस्तो जन्मिनु नै बेकार रहेछ ।
देश भन्नु त मर्नु पर्ने रहेछ, जिउँदै मर्नु पर्ने रहेछ यहाँ को बुद्धिजीवी , पत्रकार आमनागरिक चुनाव आए पछि मासु भात पैसामा बिक्दा रहेछन् । मलाई स्व पुर्ब मान्त्री खुमबहादुर खड्काले भन्नु हुन्थ्यो भाइ नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे मैले पत्याइन तर हो रहेछ । जनतालाई देश होइन मासु भात दारु पैसा भए पछि केही नचाहिदो रहेछ । चुनाव नआउन्जेल नेतालाई गाली वेजति गर्ने ।
चुनाव आए पछि मासु भात पैसामा भोट हाल्ने । हाम्रो समाज कसरी बिकास निकासको बाटोमा हिड्नु । १२ बर्ष रामायण सुनाए सीता कस्को जोइ भन्दा रावर्णको भने झै भयो । राजसंस्था, हिन्दुराज्यको मुद्दा लिएर हिड्दा सबैको तारो । तर राजाको सचिव मलाई राजा भेन दिदैन्न ।
नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन राजाको सचिव सागर तिमल्सिना र डा फडिन्द पाठक लागेका छन् । राजाको नजिक भएर राजसंस्था खतम पार्ने । राजालाई हामीले राम्रो सबै मिलाई राछौं भनेर झुठो आश्वासन दिने । जस्ले देश बुझेको छ । उसलाई राजा संग भेटघाट नगराओैने आफ्नो आफन्त आसेपासे आफ्नो भजन मन्डली लाई भेटाउने राजाको भन्दा नि आफ्नो गित गाउन लगाउने ।
यस्तो पाराले नेपालमा राजसंस्था र हिन्दुराज्य कहिले आउदैन । जसको बिहे हेर्नै नदे भनेझैं । मैले राजा संग भेटेर कुरा गर्न खोजेको ४ बर्ष भयो रु सागरलाई भन्यो डाक्टर फडिन्द पाठकलाई देखाउछ । यो कुमाई र जैसिले मलाई बिरालोले मुसा खेलाएझै खेलाए । जैसि र कुमाई यति खराब हुदा रहेछन् । मेरो जाहाज डुबाई दिए मेरो १४ बर्ष स्वतन्त्र नागरिक समाज स्थापना गरेर मुलुकलाई राजसंस्था र हिन्दुअधिराज्य मेरो पुर्खाको धर्म म सिपाहीको सन्तान भनेर मैले कमाएको पैसा १४ बर्षमा आन्दोलन धर्ना बिचार गोष्ठि बिरोध प्रर्दशन र नेपाल सरकारलाई ज्ञापनपत्र दिएर जागरण कार्यक्रम गरेर संके आज म पैसा सकिएर जोगी भए तर मलाई एक पटक राजा संग कुरा गर्ने बाताबरण मिलाई देउन भन्दा उले उ उले उ देखाए र मलाई बेकुफ बनाए ।
म पैला मरे त ठिकै छद । म भन्दा राजा ज्ञानेन्द्र पछि मरे भने आर्यघाटमा फुलमाला चडाऊला राजाको निजी सचिव सागर तिमल्सिनाले मलाई म राजा ज्ञानेन्द्रको निजी सचिव रहून्जेल तपाईं राजा भेट्टन दिन्न भने ? मेरो त राजा संग आस्था मात्र हो । मेरो बाटो छेकेर मलाई केफरक पर्छ र मैले देशको लागि राजसंस्था र हिन्दुराज्य हुनु पर्छ भनेर सत्यागर गरे मेरो घरमा चामल नभए र भोको बस्या हो रु नेपाली समाजलाई मेरो प्रश्न १४ बर्षमा मैले कमाएको पैसा ४ करोड ५० लाख सिधा्याए तर मेरो आस्थामा चोट राजाका सचिव सागर तिमल्सिना र डाक्टर फडिन्द पाठकले गरे तर धर्तीमा कलि छ केही छैन ।
यिनिहरुको हिसाब किताब यमराजले गर्लान् रु मैले गलती गरेको भए मलाई गर्लान् । एउटा युवा देश जलिरहेछ राम्रो सबैको होस । भनेर अघि बडछ भने सके साथ दिनु नसके खुट्टा तान्ने काम नगर्नु मलाई केफर पर्छ र देशलाई हानी नोक्सानी नहोस् । जय गुरु गोरख
हेम बिक्रम सिलवाल
संयोजक, स्वतन्त्र नागरिक समाज
हिन्दु राष्ट्र माहा अभियान