४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन् ।
शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दु:खद् रहेको बताए ।


‘राज्य सम्यन्त्रले जसले जे काम गर्नु पर्ने त्यो काम गरिरहेका छैनन्, न्यायले निरुपण गर्नेले पुतली गरिरहेका छन्’ अदालततर्फ लक्छित गर्दै उनले भने ।