आजदेखि सञ्चालनमा आउँने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

होमल्याण्ड खबर

२०७९ पुष १७ गते, आईतवार १०:२० मा प्रकाशित

आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । उनी बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सँगै जाने छन् । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।  प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपछि आजदेखि विमानस्थल सञ्चालनमा आउने भएको हो । विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको हो । पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।