४ चैत्र २०८२, बुधबार
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ सरकारमा सहभागी नहुने भएका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलमा आफू सरकारमा सहभागी नुहने बताएका हुन् ।


उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई बलियो बनाउने रहेको बताए । ‘अहिले मन्त्री बन्ने बेला होइन । म सरकारमा जान्नँ । त्यसैले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने हो,’ उनले भने ।