बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

होमल्याण्ड खबर

२०७९ पुष १७ गते, आईतवार १३:५६ मा प्रकाशित

बागमती प्रदेशसभाको ११औं अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औम बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।