सांसद आले र राईको आज शपथ

होमल्याण्ड खबर

२०७९ पुष १९ गते, मंगलवार १२:३० मा प्रकाशित

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन्। सांसद द्वय आले र राईले दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ लिने संघीय संसद सचिवालयले जनाएको छ।

उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराउनेछन्।

यसअघि पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पताल भर्ना भएपछि शपथ ग्रहण छुटेको थियो। सांसद राईले कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै मतदान गरेकी थिइन्।