माधव नेपालले ओलीलाई दिऐस् ‘धेरै सुन्ने, थोरै बोल्ने’ सुझाव

होमल्याण्ड खबर

२०७५ आश्विन ७ गते, आईतवार ११:२० मा प्रकाशित

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् ।

अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताएका छन् ।

उनले सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको गुनासो गरे । नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सञ्चालनका लागि पर्याप्त छलफल नहुने गरेको उनको भनाई थियो ।

सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको भन्दै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिलाए ।
दुई पार्टीबिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेपालले एकता कमजोर नहुने दावी गरे । आफु ७० बर्षसम्म सकृय राजनीति गर्ने नेपालको भनाई थियो ।