धोबिघाटको कवाडी गोदाममा आगलागी

होमल्याण्ड खबर

२०७९ पुष २१ गते, बिहीबार १३:२९ मा प्रकाशित

ललितपुरको धोबिघाटमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो।

आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।  काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।