वाम एकताको लागि एकीकृत समाजवादीले गठन गर्यो कार्यदल

होमल्याण्ड खबर

२०७९ पुष २१ गते, बिहीबार १६:३६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ । आज (बुधबार) बसेको सो पार्टीको सचिवालय बैठकले वाम एकताको पहलको गर्न कार्यदल गठन गरको हो ।

वाम एकताको पहलको गर्न पार्टीका महासचिव वेदुराम भुसालको नेतृत्वमा चार सदस्सीय समिति गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यदलमा समितिमा महासचिव भुसालसँगै गंगलाल तुलाधार, प्रकाश ज्वाला र विजयी पौडेल रहेका छन् ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्ने छ । उनले भने, ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ ।’