जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्दै

होमल्याण्ड खबर

२०७९ पुष २२ गते, शुक्रबार ११:१५ मा प्रकाशित

जनता समाजवादी पार्टी(जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लाल किशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।

तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।