४ चैत्र २०८२, बुधबार
सात ओटै प्रदेश सरकारको नेतृत्व भागवन्डा लगाउन सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अहिले बिहान १० बजेबाट सत्ता गठबन्धनका दलका नेताहरुको बैठक सिंहदरवारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्दैछ । प्रदेश १ मा साँझसम्म सरकारको नेतृत्व दावी पेश गरिसक्नुपर्ने भएकोले गठबन्धन दलको बैठक बस्न लागेको हो ।
प्रदेश १ मा एमाले र माओवादी दुवै दलले मुख्यमन्त्रीको दावी पेश गदैं आएका छन् । यधपी यहाा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्ने समझदारी शीर्ष नेताको तहमा करिव भईसकेको बताइएको छ । यधपी, यसको औपचारिक निर्णय गठबन्धनको बैठक पछि नै गर्ने उनीहरुको तयारी छ ।


सत्ता गठबन्धनको बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने छ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।
शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ ।
यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ ।
त्यसैले आफूले विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् । स्रोतका अनुसार सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुने नेताहरुको भनाई छ ।