छिनछिनमा सरकार परिवर्तन चाहँदैनौँ : माधव नेपाल

होमल्याण्ड खबर

२०७९ पुष २५ गते, सोमबार १५:०९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको बताएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायित्वको आवश्यकता रहेको बताए ।

समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सम्वृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भ्रष्ट्राचार नै मुलुकको सबैभन्दा ठूलो समस्या भएको नेपालले बताए ।