प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने राप्रपा संसदीय दलको निर्णय

होमल्याण्ड खबर

२०७९ पुष २६ गते, मंगलवार ११:१३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । सोमबार साँझ संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रिय स्वाधीनताको रक्षा, दिगो शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहना पूरा गर्न सरकारलाई समर्थन गरिएको राप्रपाले जनाएको छ ।

राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाह सम्बन्धी बुँदाहरू न्यूनतम साझा कार्यक्रममा समावेश भएको भन्दै खुसी व्यक्त गरेको छ । राप्रपाले सरकारमा जाने तयारीसमेत गरेको छ ।