प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सर्‍यो

होमल्याण्ड खबर

२०७९ पुष २६ गते, मंगलवार ११:२१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक सरेको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।