विश्वासको मत दिने कांग्रेसकाे निर्णयमा प्रदीप पौडेल पनि असहमति

होमल्याण्ड खबर

२०७९ पुष २६ गते, मंगलवार १६:३५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

केन्द्रीय कार्यसमपादन समितिबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएपछि त्यसलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा पौडेलले आफ्नो असमति प्रकट गरेका हुन् ।

‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ’, पौडेलले भने।

यसअघि आजै बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चार नेताले असहमति जनाएका थिए ।