४ चैत्र २०८२, बुधबार
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेपछि यादवले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।


उनले एक दिन अगावै मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। साथै स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन छ।
सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १र१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन चाहिन्छ।