४ चैत्र २०८२, बुधबार
वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।
गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।


११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।