क्रिकेटर सन्दीप लामिछाने रिहा

होमल्याण्ड खबर

२०७९ पुष २९ गते, शुक्रबार १४:३१ मा प्रकाशित

क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहिबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान  रोक सहितका सर्तहरु भने राखेको छ ।  नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।