घनश्याम भुसाल नेकपा एस प्रवेश

होमल्याण्ड खबर

२०७९ पुष २९ गते, शुक्रबार १६:३७ मा प्रकाशित

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसाललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले माला लगाएर पार्टीमा स्वागत गरे ।

नेकपा एमाले विभाजन हुनुअघि माधव नेपाल समूहमै रहेका भुसाल पार्टी विभाजन हुँदा नेकपा एसमा नलागी एमालेमै बसेका थिए । तर, ४ मंसिरको चुनावमा उनलाई एमालेले उम्मेदवार बनाएन। त्यसपछि एमाले त्यागेर उनी रुपन्देहीमा स्वतन्त्र उम्मेदवार बने ।

उनको उम्मेदवारीलाई तत्कालीन पाँच दलीय गठबन्धनले समर्थन गरे पनि उनी पराजित भए । एमाले त्यागेर स्वतन्त्र बसेका भुसाल नेकपा एसको महासचिब हुने तयारीका साथ नेकपा एसमा प्रवेश गरेको बताइन्छ । यद्यपि पहिलो चरणमा उनी पार्टी सचिवालय सदस्यमा मात्र हुने नेकपा एसका एक नेता ले जानकारी दिए ।