प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदुतबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ माघ २ गते, सोमबार ११:०२ मा प्रकाशित

नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत छि सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् । सोमबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवटारमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदुतबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा चिनियाँ राजदुतले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताए ।

यता, प्रधानमन्त्री प्रचण्डले चिनियाँँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।