मन्त्रालय टुंगो लगाउन उच्च स्तरीय संयन्त्रको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ माघ २ गते, सोमबार १६:४७ मा प्रकाशित

सत्ता गठबन्धनको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएलगतै संयन्त्रको बैठक बस्ने तयारी भएको हो । बैठक बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे छ ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्ता गठबन्धन दलका अध्यक्षहरू सदस्य छन् । संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने छ ।

स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरूले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ ।