८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।
नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखि नै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।