उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री लिङ्देनले लिए शपथ

होमल्याण्ड खबर

२०७९ माघ ३ गते, मंगलवार १२:५५ मा प्रकाशित

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना भएका छन्।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत पुस ११ मा उपप्रधानमन्त्री नियुक्त भइसकेका थिए।

श्रेष्ठ भौतिक योजना तथा यातायात मन्त्री, पौडेल अर्थमन्त्री र लामिछाने गृहमन्त्री छन्।

आज प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन्। नयाँ मन्त्रीहरूले आज शपथ लिएका छन्।