नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

होमल्याण्ड खबर

२०७९ माघ ४ गते, बुधबार १५:५९ मा प्रकाशित

नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् ।बुधबार बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।

कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 यसअघि सत्ता साझेदार दलको तर्फबाट एमालेका देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन् ।