ईश्वरी न्यौपानेलाई सभामुखमा निर्वाचित गराउन विश्वप्रकाशले राखे प्रस्ताव

होमल्याण्ड खबर

२०७९ माघ ५ गते, बिहीबार १२:३६ मा प्रकाशित

विपक्षी दलका तर्फबाट सभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गराउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।

सभामुखको चयन भई रहेको आजको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री शर्माले न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका हुन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला रहेका छन् ।