सभामुख पदका लागि निर्वाचन सुरु

होमल्याण्ड खबर

२०७९ माघ ५ गते, बिहीबार १५:०० मा प्रकाशित

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन् ।

घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन्। दुई सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न एक सय ३८ मत आवश्यक पर्छ ।