८ मंसिर २०८१, शनिबार
नेपाल बैंकले डोल्पाको जगदुल्ला, रोल्पाको लुंग्री र ताप्लेजुंगको सिरीजंघामा शाखा स्थापना गरेको छ ।
नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारमा जोड दिँदै आएको यस बैंकले चालू आर्थिक वर्षमा २८ शाखा स्थापना गर्ने लक्ष अनुरूप यी शाखाहरू स्थापना गरिएको बैंकले जनाएको छ । एक परिपक्व गतिशील वित्तीय संस्थाको रूपमा आठ दशक यता अविच्छिन्न रूपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंक लिमिटेडले ०७५ असारसम्म ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
मुलुकका हिमाल, पहाड, तराई ५६ जिल्लामा फैलिई १४३ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको पनि बैंकले बताएको छ ।