गृहमन्त्री लामिछानेसँग युरोपियन युनियनकी राजदूतको भेट

होमल्याण्ड खबर

२०७९ माघ ६ गते, शुक्रबार १२:१९ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेसँग युरोपियन युनियनकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

लामिछानेसँग बिहीबारमात्रै बेलायती राजदूत निकोला पोलिटले भेटघाट गरेकी थिइन ।