४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहितको बैठक सांसद मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।


कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाएको छ ।