प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं: कोइराला

होमल्याण्ड खबर

२०७९ माघ ८ गते, आईतवार १२:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् ।

काठमाडौंको अनुपम फुडल्याण्डमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् । हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं, उनले भने, ुतटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन ।

बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ । कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो ।