सोमबार १३.७१ अंकले घट्यो नेप्से परिसूचक

होमल्याण्ड खबर

२०७९ माघ ९ गते, सोमबार १६:०३ मा प्रकाशित

सोमबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार कुल २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ४८ लाख २८ हजार ८ सय ३२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सानिमा जीआइसी इन्स्योरेन्स, कुमारी बैंक लिमिटेड, स्टाण्डर चार्टर्ड बैंक, सम्वृद्धि फाइनान्स कम्पनी र पिपुल्स हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् ।