१२ मंसिर २०८१, बुधबार
प्रतिवेदन बुझाउने भएको छ । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो।
गृहमन्त्री रामबहादुर थापा समक्ष प्रतिवेदन बुझाउन समितिका सदस्यहरु अहिले गृह मन्त्रालय पुगेका छन् । प्रतिवेदनमा धेरैजसो नयाँ कुराहरु आएको र मंगलबार नै गृहमन्त्रीलाई बुझाइने छानबिन समितिका सदस्य विरेन्द्र केसीले बताए।समितिलाई तोकिएको १५ दिनको म्यादसम्म जाँचबुझ नसकिए पछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको थियो ।