१० मंसिर २०८१, सोमबार
नेपाल बजारमा सुनको मूल्य पुन उच्च अंकमा पुगेको छ। साप्ताहिक कारोबारको पाँचौं दिन आज ९बिहीबार० तोलामा ७०० रुपैयाँ बढेर सुनको मूल्य हाल सम्मकै उच्च अंकमा पुगेको हो।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य उच्च अंकमा पुगेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।