आईएमई र भरोसा अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ आश्विन ९ गते, मंगलवार १४:२८ मा प्रकाशित

आईएमई लिमिटेड र भरोसा अस्पतालबीचगत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ । यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सूर्य आचार्यले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता असोज ५ गतेदेखि दुई वर्षसम्मका लागि लागू हुने जनाएको छ । आईएमईसँग आबद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आईएको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए । आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भ गरेको हो ।

१८ औं वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आईएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आइरहेको छ ।