आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

होमल्याण्ड खबर

२०७९ माघ १६ गते, सोमबार १३:३६ मा प्रकाशित

पोखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी ​महिलाको मत्यु भएको छ ।

पोखरा महानगरपालिका १३ काहुँखोलास्थित घरमा आगो लगाई आत्महत्याको प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकोटाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिए ।